
- अर्थ सरोकार सम्वाददाता
डडेल्धुरा । पछिल्ला दिन लगातार सुनको मूल्य दिनप्रतिदिन उकालो लाग्दै गएपछि सुनको व्यपारमा पनि अप्रत्यासित रुपले ह्रास आएको छ । सुनको मूल्य तोलाकै लाखभन्दा बढी भएपछि डडेल्धुराका सुनपसल सुनसान बनेका छन् ।
झण्डै १ सय २० दिनको लकडाउनपछि व्यापार सञ्चालन गर्न पाउँदा हर्षित भएका सुन व्यवसायी सुनको मूल्य आकाशियपछि निकै उदास देखिन्छन् । सरकारले लकडाउनको अन्त्य गरेप्रश्चात ४ महिनादेखि बन्द रहेका सुन पसलहरु खोलिएका थिए । सिजनकै बेलामा व्यापार गर्न पाएकोमा खुसी भएका व्यापारीहरु अहिले चिन्तित बनेका छन् ।

अन्तराष्ट्रिय बजारमै मूल्य वृद्धी भएको हुँदा त्यसको असर हाम्रो देशमा पनि परेको सुनचाँदी व्यवसायी संघ डडेल्धुराका अध्यक्ष रमेशसदा शंकरले बताए । उनले भने, ‘सुनचाँदीको मूल्य अप्रत्याशित ढंगले बढेपछि ग्रहाकहरु फ्याट्टफुट्ट मात्रै आउने गरेका छन्, जसले गर्दा सुनचादि व्यवसायिहरुमा ठुलो धक्का लागेको छ ।’ यसो त शुक्रबारसम्मको अपडेटका आधारमा सुनको मूल्य प्रतितोला १ लाख तिन हजार पाँच सय रुपैँयामा कारोबार भईरहेको छ । त्यस्तै चाँदीको मूल्य १ हजार चार सय पाँच रुपैँयामा कारोबार भईरहेको छ । यो सिजनमा अघिल्ला बर्षको तुलनामा दस प्रतिसत मात्र व्यापार भईरहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्