×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महिनादेखि तलब नपाएपछि पृथ्वीनारायण क्याम्पसका शिक्षकले गरे तोडफोड

LAXMI SUNRISE BANK

६ महिनादेखि तलब नपाएपछि पृथ्वीनारायण क्याम्पसका शिक्षकले गरे तोडफोड

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पृथ्वीनारायण क्याम्पस (पिएन) मा कार्यरत शिक्षकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका छन् । ६ महिनादेखि तलब नदिएको भन्दै क्याम्पसका शिक्षकहरु तोडफोडमा उत्रिएका हुन् । शिक्षकहरुले तोडफोड गर्दा क्याम्पस प्रमुखको कार्यकक्षको २ वटा झ्याल फुटाएका छन् भने केही कुर्सी पनि भाँचिएका छन् । 
यसअघि आंशिक शिक्षक संघ तलबको माग राख्दै ज्ञापनपत्र बुझाउन पुगेको थियो । तर, क्याम्पस प्रमुखलाई भेट्न जाँदा बैठकको बहाना पारेर भेट्न आनाकानी गरेपछि परिस्थिति तोडफोडसम्म पुगेको हो । शिक्षकहरुले प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् । 
यसअघि पनि क्याम्पसमा आंशिक शिक्षक र प्रशासनबीच लफडा भएको थियो । ७० प्रतिशत कक्षाभार सम्हालेका आंशिक शिक्षकलाई मासिक तलब हुनुपर्ने माग राख्दै आंशिक शिक्षकहरुले पठन पाठन रोकेका थिए । पीएनमा २ सय २० आंशिक शिक्षक कार्यरत छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी