Skip to content
LAXMI SUNRISE BANK

‘घुस’ लिएको आरोपमा त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन जना पक्राउ, २५ थान मोबाइल बरामद !

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार अधिकृतसहित ३ जना पक्राउ परेका छन् । २ लाख ६८ हजार २ सय ८८ रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र निकिसी शाखाका नायब सुब्बा छविप्रसाद रिजाल छन् । 

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । पुडासैनी र रिजालको साथबाट स्रोत नखुलेको रकमसमेत बरामद गरिएको अख्तियारले जनाएको छ । 

अख्तियारका अनुसार पक्राउ परेका ३ जनाको साथबाट २३ थान मोबाइल पनि बरामद गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK