- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि, सामूहिक लगानीका लागि ४० हजार कित्ता छुट्याएको छ भने बाँकी १२ लाख कित्ता बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बिक्री गर्ने जनाएको छ ।
बैंकले जारी गरेको ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । बैंकले ८ वर्ष अवधिको ‘१०% प्रभु बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । बैंकको यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाइ नियुक्त गरिएको छ । बैंकको ऋणपत्रमा छिटोमा साउन २३ गते सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा बिक्री नभएमा भने भदौ १ गतेसम्म भर्न सकिनेछ ।
सो ऋणपत्रलाई रेटिङ एजेन्सी केएर नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । ऋणपत्रमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।