
- अर्थ सरोकार सम्बाददाता
पर्सा । पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार थपिएका संक्रमितमा २२ जना महिला छन् । संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।
बिहीबार पत्ता लागेका संक्रमितमध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका हुन् । यस्तै वीरगञ्ज–१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगन्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्