×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना परीक्षण, यस्तो आयो ‘रिपोर्ट’

LAXMI SUNRISE BANK

अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना परीक्षण, यस्तो आयो ‘रिपोर्ट’

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना भाइरस परीक्षण गरिएको छ । उनका र परिवारका सबै सदस्यहरूको कोरोना भाइरस परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा भएको परीक्षणमा प्रचण्ड र उनका परिवारका सदस्यहरूसहित ५३ जनाको कोरोना परीक्षण गरेकोमा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ ।
६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । ६ जना बाहेक हामी सबैको रिर्पोट नेगेटिभ आएको जानकारी गराउँदछु ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी