Skip to content
LAXMI SUNRISE BANK

सकियो निर्वाचन, अब काँग्रेस नेता सुनिल शर्माले राजनीति छोड्ने !

अर्थ सरोकार

काठमाडौँ । ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ सकिएको छ । फागुन २१ गते बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । 

केही ठाउँमा बाहेक देशभर मतदान शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ । यसपालीको मतदानमा परिवर्तन चाहनेहरुको उत्साहजनक उपस्थिति रहेको थियो । वृद्धवृद्धा, अशक्त, जेन-जी युवा तथा विदेशबाट फर्किएकाहरु पनि मतदानमा सहभागी भएका छन् । 

निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएपछि ‘फागुन २१ गते निर्वाचन भए राजनीति छोड्छु’ भनेर चुनौती दिएका नेपाली काँग्रेसका नेता सुनिल शर्माको अभिव्यक्ति भाइरल बनेको छ । 

जेन-जी आन्दोलपछि एक सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले फागुन २१ गते चुनाव नहुने दाबी गरेका थिए । यतिसम्म कि उनले फागुन २१ गते चुनाव भए राजनीति छोड्ने पनि चुनौती दिएका थिए । ‘फागुन २१ गते इलेक्सन गर्न सक्नुहुन्छ ? म लेखेर दिन्छु यो रेकर्डमा ।’, उनले भनेका थिए, ‘गराएर हेर्नुस्, म मेरो जीवनमा पोलिटिक्स छाड्दिन्छु गराएर देखाउनुभयो भने ।’

त्यस्तै, उनले फागुन २१ गते निर्वाचन गराउन असम्भव भएको दाबी गरेका थिए । यतिसम्म कि उनले अन्तरिम सरकार र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन गराएर देखाउन चुनौती समेत दिएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK