काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौँ उपत्यकामा अनुमति (पास) नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति (पास) बिना चलाइएका ९ सय सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नेपाल अनुमति (पास) बिना चलाइएका सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
उनका अनुसार अधिकांश सवारी ‘कोर’ क्षेत्रमा सञ्चालन भइरहेका बेला नियन्त्रणमा लिइएका हुन् । प्रहरीका अनुसार निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सो नियम उल्लङ्घन गर्दै सञ्चालन गरिएका मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्