Skip to content
LAXMI SUNRISE BANK

चुनाव नतिजाः जताततै घण्टी छाप, काँग्रेस हाफ, एमाले पत्तासाफ !

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०८२ को मतगणना सुरु भइसकेको छ । फागुन २१ गते मतदान सकिएलगत्तै मतपेटिका संकलनपछि अधिकांश ठाउँमा मतगणना सुरु भएको हो ।

अहिलेसम्म प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २३ स्थानमा अगाडी छ भने नेकपा एमाले ३ स्थानमा अगाडी छ ।

त्यस्तै, नेपाली काँग्रेसले हालसम्म एउटा स्थानमा अग्रता लिएको पाइएको छ । नेपाली कम्युनिष्ट पार्टीले हालसम्म कुनै पनि स्थानमा अग्रता लिएको छैन भने अन्य दलहरु पनि पछिपछि छन् ।

विभिन्न मतगणना स्थलबाट प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राम्रो अग्रता लिएको छ । १०० मत गणना गर्दा औसतमा ६५ देखि ७० वटा मत रास्वपाको पक्षमा आउने गरेको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK