Skip to content
LAXMI SUNRISE BANK

‘५० हजार भन्दा कम रकम मात्र जम्मा गर्नेगरी कुनै निर्देशन छैन, यस्तो पाइए राष्ट्र बैंकमा खबर गर्नू’ : गभर्नर अधिकारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० हजार रुपैयाँ भन्दा कम झिक्न नपाउने गरी कुनै पनि निर्देशन नभएको स्पष्ट पार्दै ट्वीट गरेका छन् । बैंकर्स संघले केहि दिन अगाडी एक सार्वजनिक सुचना जारी गर्दै ५० हजार रुपैयाँभन्दा माथि मात्र रकम जम्मा हुने बताएको थियो । तर कतिपयले यो सूचनालाई गलत रुपमा बुझाएर ५० हजार रुपैयाँ भन्दा कम झिक्नसमेत नपाउने भन्ने हल्ला चलाएपछि गभर्नर अधिकारीले यसबारे प्रष्ट पारेका हुन्।
‘ससानो रकम झिक्न नपाउने भन्ने बिषय हुदै होईन । यस्तो निर्देशन हुने कुरापनि भएन र गरिएको पनि छैन। कुन बैंकको कुन शाखाबाट यस्तो ब्यबहार भएको हो, स्पष्ट जानकारी ल्च्द्य नचष्भखबलअभ उयचतब िमा वा यहि पाए पनि हामीलाई कारवाहीको लागी सहज हुने थियो ।’ उनले ट्वीटमार्फत स्पष्ट गराएका छन् ।
ट्वीटरमा अमृता लम्सालको ट्वीटको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । ‘बैँकबाट ५० हजार भन्दा कम झिक्न नपाउने नियम बनाएर गज्जब गऱ्यौ सरकार १ सबैलाई महिनाको ५० हजार भन्दा बढी खातामा हालिदिने गरेको छ क्यारे १ नभए, घर घरै पैसा पठाउने गरेकै होला १ चेक ५० हजार भन्दा माथिको लेख्नु पर्ने रे १ ५० मुनिको रकम हुनेले घरखर्च नगर, त्यही रकम हेरेर जय मनाऊ !’ लम्सालको यस्तो ट्वीटको जवाफमा गभर्नर अधिकारीले आफ्नो स्पष्टीकरण राखेका हुन् ।
कोरोना महामारीका कारण कम ग्राहक बैंक आउन् भनेर बैंकर्स संघले ५० हजार रुपैयाँ भन्दा कम डिपोजिट नगरीने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
यसैबीच राष्ट्र बैंक सुर्खेत कार्यालय निकालेको सूचना स्पष्ट नहुँदा कतिपय बैंकहरुले ५० हजार भन्दा कम रकम झिक्न र जम्मा गर्न मानिरहेका छैनन् । यस्तै जारी भएको सूचना स्पष्ट नहुँदा बैंकका ग्राहकहरु पनि दोधारमा परिरहेका छन् । यस्तो छ राष्ट्र बैंक सुर्खेत कार्यालयले जारी गरेको सूचना :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK