×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

कपिलवस्तुमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कपिलवस्तु जिल्लामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही साउन १९ गते संकलन गरिएको स्वाबको नमूना काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो ।
कपिलवस्तु नगरपालिका क्षेत्रभित्र सञ्चालित बैंक तथा वित्तिय संस्थाबाट संकलन गरिएका नमूनाहरुमध्ये १२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारीअनुसार संक्रमितहरु बैंकका ५ जना, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका ४ जना र कालिका स्वाबलम्बन सामाजिक केन्द्रका ३ जना रहेका छन् । 
यसैगरी, मेडिकल हल र पोलिक्लिनिकका ३ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जना, बजार क्षेत्रका ३ जना र शिक्षक २ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी कपिलवस्तु नगरपालिकाभित्रका र मायादेवी गाउँपालिकाका १-१ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमित संख्या ८ सय ४० पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी