×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

२२ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाग्लुङ
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित फेला परेका हुन् । 
गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ६ र ९ मा एक–एक जना, बारपाक सुलिकोट गाउँपालिकामा पनि दुई जना पुरुष र गोरखा नगरपालिकामा पनि २४ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको  छ ।
यसैगरी पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २३ २५ र २५ वर्ष उमेरका छन् । यस्तै कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा २२ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ की ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या १ हजार ५ सय ६६ पुगेको छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी