Skip to content
LAXMI SUNRISE BANK

फेक रेस्क्यु प्रकरणः ट्रेकिङ कम्पनीका पासाङ शेर्पा पक्राउ

अर्थ सरोकार

काठमाडौँ । ‘फेक रेस्क्यु’ प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पर्वतारोहणमा गएका पर्यटकको नक्कली उद्दार (फेक रेस्क्यु) गरेको प्रकरणमा पानारोमा हिमालय ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा पक्राउ परेका हुन् । 

५० वर्षीय शेर्पालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । 

सीआईबीका अनुसार फेक रेस्क्यु प्रकरण पक्राउ पर्नेको संख्या १० पुगेको छ । उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ५१ का राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

पक्राउ परेकाहरुले ट्रेकिङमा गएका पर्यटकलाई सामान्य बिरामी हुँदा पनि ज्यानै जान सक्ने डर देखाएर नक्कली उद्दार गर्ने, सेटिङमा हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने र सेटिङमै नक्कली उपचार र बीमा दाबी गरेर ठगी गर्दै आएको आरोप लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK