Skip to content
LAXMI SUNRISE BANK

१६ भोट ल्याएका दिपकको चुनाव खर्च २ लाख ३६ हजार, भोड्का र लोकल रक्सीमा मात्र ४५ हजार खर्च !

अर्थ सरोकार

काठमाडौँ । फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली-२ बाट स्वतन्त्र उम्मेदवारी दिएका दिपक रावलले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन् । 

रावलले सार्वजनिक गरेको विवरण अनुसार उनले चुनावका लागि कुल २ लाख ३६ हजार ५ सय रुपैयाँ खर्च गरेका छन् । 

जसमध्ये उनले मनोनयन दर्तामा १० हजार रुपैयाँ, सवारी साधन र इन्धन खर्चमा ५५ हजार, २६ वडामा घरदैलो (खानाखाजा) मा ४५ हजार ५ सय, झण्डा, ब्याज, ब्यानर र स्टिकर छपाईमा ३५ हजार, मिडिया खर्चमा २५ हजार ५ सय र चुनाव अवधिभर पानी, चिया र स्टेशनरीमा २० हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।

अचम्मको कुरा उनले सार्वजनिक गरेको खर्च विवरणमा ‘थकान मेटान’ शीर्षकमा ४५ हजार ५ सय खर्च भएको देखाइएको छ । जुन रकम स्वयम सेवकलाई साँझपख मदिरा (८८४८/भोड्का/लोकल) खुवाएको भनी उल्लेख गरिएको छ ।

यस्तो विवरण सार्वजनिक गरेपछि अहिले रावलको चुनाव खर्च विवरण सामाजिक सञ्जालमा भाइरल छ । केहीले उनले जे मा खर्च भयो, त्यही देखाएर इमान्दारिता देखाएको प्रतिक्रिया दिएका छन् भने केहीले चर्चा पाउन गरेको स्टन्ट भनेका छन् । केहीले भने उक्त कार्यलाई निर्वाचन र निर्वाचन प्रणालीलाई गिज्याउने गतिविधिका रुपमा विश्लेषण गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK