×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २१.६१ अंकले घट्यो बजार, १ अर्ब २३ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK

बुधबार २१.६१ अंकले घट्यो बजार, १ अर्ब २३ करोडमाथिको कारोबार

२१ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार २१.६१ अंकले घटेर १३८२.२५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८६ कम्पनीको ३४ लाख ४७ हजार ७६५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २३ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल १३ करोड ६१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाईफ इन्स्योरेन्स र एनएमबि एशिया बैंकको भएको छ ।
यता, बुधबारको कारोबारमा सबैभन्दा धेरै अजोड इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै आखुखोला हाइड्रोपावर र घलाम्दी हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी