×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्रोत नखुलेको १६ लाखसहित एक जना पक्राउ, सुनको अवैध कारोवार गरेको दाबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्रोत नखुलेको १६ लाखसहित एक जना पक्राउ, सुनको अवैध कारोवार गरेको दाबी

Artha Sarokar

२१ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
बुटवल । प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तुको  मायादेवी गाउँपालिका वडा नं. १ पकडीका विनोद सोनारलाई १६ लाख रुपैयाँसहित पक्राउ गरेको हो । उनका साथबाट प्रहरीले १ हजार रुपैयाँका १२ गड्डी र ५ सय रुपैयाँका नोटका ८ गड्डी बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा मायादेवी गाउंपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष देवकोटाले जानकारी दिए । पक्राउ परेका सोनार र १६ लाख रुपैयाँ सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सोनारले नेपालबाट भारततर्फ सुनको अवैध कारोवार गर्दै आएको प्रहरीको दावी छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी