काठमाडौँ । चैतका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा ४.५६ प्रतिशत रहेकोमा चैतमा घटाए ४.४९ प्रतिशतमा झरेका हुन । यसरी औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेको हो ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन् ।
संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि चैतमा ०.०३ प्रतिशत बिन्दुले घटेको छ । चैत महिनाका लागि सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल बैंक लिमिटेड रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशत बिन्दुले घटाएको हो ।
त्यस्तै, कृषि विकास बैंक लिमिटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड ले पनि चैत महिनाका लागि ब्याजदर घटाएका छन् । चैत महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर ४.१५ प्रतिशत कायम गरेको छ । फागुन महिनामा यस्तो मुद्दतीको ब्याजदर ४.२५ प्रतिशत रहेको थियो ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत महिनाका लागि ४.११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि यो बैंकको यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । नेपाल बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा ४.५ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा ५.१ प्रतिशत रहेको थियो । त्यस्तै चैत महिनाका लागि कुमारी बैंकको ब्यजदर ४.१२ प्रतिशत निर्धारण गरेको छ । फागुन महिनामा यस्तो ब्याजदर ४.४३ प्रतिशत रहेको थियो ।
ग्लोबल आईएमई बैंकले चैत महिनाका लागि ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा यो बैंकको यस्तो ब्याजदर ४.७५ प्रतिशत रहेको थियो । त्यस्तै प्राइम बैंकले चैत महिनाका लागि ४.१५ प्रतिशत ब्याजदर घोषणा गरेको छ । फागुन महिनामा यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो । त्यस्तै, चैत महिनाका लागि नेपाल एसबिआई बैंकले ४.२५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । फागुन महिनामा पनि यो बैंकले सोही दरमा व्यक्तिगत मुद्दतीमा ब्याज दिएको थियो । त्यस्तै एभरेष्ट बैंकको चैत महिनाका लागि ४.२५ प्रतिशत, सिद्धार्थ बैंकको ४.२५ प्रतिशत रहेको छ । यी बैंकको पनि फागुन महिनामा सोही दरको ब्याजदर रहेको थियो ।
त्यस्तै, चैत महिनाका लागि माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, सानीमा बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर चैत महिनाका लागि ४.५ प्रतिशत निर्धारण गरिएको छ । यी बैंकको फागुन महिनामा पनि व्यक्तिगत मुद्दतिमा सोही दरको ब्याजदर तोकेका थिए । त्यसैगरी चैत महिनामा प्रभु बैंक र नबिल बैंकले ब्याजदर ४.५५ प्रतिशत तोकेका छन् । फागुन महिनामा पनि यी दुई वटा बैंकको ब्याजदर सोही दरमा थियो ।
त्यस्तै, चैत महिनाका लागि हिमालय बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा ५ प्रतिशत ब्याजदर तोकेका छन् । फागुन महिनामा पनि यी बैंकहरुको व्यक्तिगत मुद्दतीको ब्याजदर ५ प्रतिशत नै रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्