×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुन : दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

LAXMI SUNRISE BANK

पुन : दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

२० श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरूले कोरोना भाइरस नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन कम्तीमा दुई हप्ता लकडाउन गर्न सुझाव दिएका छन् । आज बालुवाटारमा राजनीतिक पार्टीका वरिष्ठ नेता र विज्ञसहित बसेको बैठकले यस्तो सुझाव दिएको हो ।
लकडाउनका साथसाथै उक्त अवधिभर कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञले बताएका छन् । विज्ञको यस सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् । विज्ञको सुझावलाई मध्यनजर गर्दै टुङ्गो लगाइने जनाइएको छ । यता बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सुझाव मात्रै नभइ काम पनि गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले लामो समय लकडाउन गरे पनि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी