×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: लगानी बोर्डले पायो सिइओ, को आए नयाँ सीइओमा ?

LAXMI SUNRISE BANK

अन्तत: लगानी बोर्डले पायो सिइओ, को आए नयाँ सीइओमा ?

२० श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको सीइओमा भट्टलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । उनी राष्ट्रिय योजना आयोगका सदस्य रहेका थिए । 
अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको टोलीले भट्ट, लगानी विज्ञ डा. सरोज कोइराला, विद्युत नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र पूर्वसहसचिव लक्ष्मिविलास कोइरालासँग अन्तर्वार्ता लिएको थियो । छनौट समितिले ३ जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो । उक्त बैठकले भट्टलाई नियुक्त गरेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी