Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकमा गैरकानुनी नियुक्ती लिएका एमाले कार्यकर्ता सिलवाल पदबाट हट्नुपर्ने, नहटे रास्वपाले निकाल्ने !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको संचालक पदबाट हट्न हरि सिलवाललाई दबाब परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले योग्यता र क्षमता भन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति लिएकाहरुलाई राजिनामा दिन भनेसँगै सिलवाललाई पद छोड्न दबाब परेको हो । 

स्वार्थको द्वन्द्व हुनेगरी बैंकको ऋणी संचालक हुन नपाउने कानुनी व्यवस्था विपरित सिलवालले अर्थ मन्त्रालयबाट नियुक्ती लिएका थिए । आफू बैंकको सञ्चालक बन्न अयोग्य छु भन्ने जान्दाजान्दै पनि गैरकानुनी नियुक्ती लिएका सिलवालको चौतर्फी आलोचना समेत भएको थियो ।

तर, राजनीतिक नियुक्ती लिएकै भरमा उनी पदमा बसिरहेका थिए । अहिले रास्वपाले राजनीतिक नियुक्ती लिएकालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेपछी उनलाई पदबाट राजीनामा दिन दबाब परेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK