
काठमाडौं । कोभिड-१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६-०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट रु चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका लेखापाल टेकप्रसाद नेपालले सबैभन्दा बढी राहदानी बिक्रीबाट रु तीन करोड ९० लाख ८५ हजार राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । हातहतियार इजाजतबापत रु ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा सञ्चालन गरेबापत रु सात हजार ६०० अन्य प्रशासनिक सेवा शुल्कबापत रु ११ लाख दुई हजार ४५० राजस्व सङ्कलन भएको छ ।
सो राजस्व अघिल्लो आर्थिक वर्ष २०७५-०७६ को भन्दा रु दुई करोड ५३ लाख ३५ हजार ६४८ ले कमी रहेको उहाँले बताउनुभयो । अघिल्लो वर्ष कार्यालयले रु छ करोड ५६ लाख ५१ हजार २८४ राजस्व सङ्कलन गरेको थियो । लेखापाल नेपालले आवको दोस्रो चौमासिक शुरु नहुँदै बन्दाबन्दी भएको कारण विगत वर्षहरुको दाँजोमा राजस्वमा गिरावट आएको बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्