Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले विभिन्न कार्यक्रम आयोजना गरी मनायो २५औं वार्षिकोत्सव

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ ।

बैंकको २५औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँ, ललितपुर, भक्तपुर लगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’ पहिरन गरि वार्षिकउत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुर्याएको छ । विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशीता र सम्मानलाई बढावा दिएको छ । यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैँका लागि’ भन्ने मूल उद्धेश्य भित्र रहि आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ ।

यसका साथै बैंकले अफ्ना सम्पूर्ण शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु देशै भरि वर्षै भरि गर्न ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको थालनि गरेको छ । यस कार्यक्रम मार्फत समुदायका गरिब, विपन्न तथा पिछडिएका वर्गहरुको जिवन स्तर सहज बनाउन बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट निरन्तर प्रयास गर्ने बैंकले जनाएको छ ।

साथै, बैंकले आफ्नो रजत जयन्तीको अबसरमा सिल्भर सेभिङ्गस् बचत खाता पनि सार्वजनिक गरिसकेको छ जसमा ग्राहकहरुले बचत खातामै मुद्दती खाताको जस्तो ब्याजदर पाउनेछन् ।

विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना तिस लाखभन्दा बढि ग्राहकवर्गहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK