काठमाडौँ । अबदेखि एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक निर्देशनात्मक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
एउटै विद्यालयमा एक पटक भर्ना भइसकेपछि पनि पटक-पटक भर्ना शुल्क लिइएको गुनासो आएपछि त्यस्तो नगर्न मन्त्रालयले निर्देशन दिएको छ ।
त्यस्तै, मन्त्रालयले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न र भर्ना बापत अग्रिम शुल्क असुली नगर्न पनि निर्देशन दिएको छ ।
यता कतिपय विद्यालयहरुले तोकिएको भन्दा बढी शुल्क लिने गरेको, तोकिएको शीर्षकमा भन्दा फरक शीर्षकमा शुल्क लिएको गुनासो आएको भन्दै त्यस्तो कार्य नगर्न पनि भनेको छ ।
यदि शैक्षिक सत्र सुरु नहुँदै भर्ना गर्ने, नियमविपरीत शुल्क लिने तथा कानूनी प्रावधान बाहेक हुने गरी अग्रिम शुल्क लिइएको भए तत्काल फिर्ता गर्न र सो को अनुगमन गरी अटेर गर्ने विद्यालयलाई कारवाही गर्न सम्पूर्ण स्थानीय तहलाई पचात्रार गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्