Skip to content
LAXMI SUNRISE BANK

नेप्से र टाइम फर्मास्युटिकल्सबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न सम्झौता

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच सम्झौता भएको छ । नेप्से र कम्पनीबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न भएको हो ।

सम्झौतापत्रमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईं र टाइम फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीको तर्फबाट कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र सेयर बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट मनोहर कडेलको उपस्थिति रहेको थियो ।

नवलपरासीस्थित उक्त कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम नेप्सेले धितोपत्र सम्बन्धि प्रचलित कानूनको अधिनमा रही संगठित संस्थाले जारि गर्न लागेको प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँका दरको ४ लाख ३४ हजार ६ सय कित्ता साधारण सेयर बुक विल्डिङ्ग बिधि मार्फत योग्य संस्थागत लगानीकर्ताहरुको लागि नेपाल धितोपत्र बोर्डको बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा ५(२) को अधिनमा रहि दफा १८ समेतलाई मध्यनजर गर्दै बुक विल्डिङ्ग निर्देशिका अनुसार शिलबन्दि बोलपत्र दर्ता गर्ने, बोलपत्र खोल्ने र सो को निर्णय गर्ने कार्य गर्नको लागि नेप्सेले सहजिकरण गर्ने लगायतका अन्य शर्तहरु पालना गर्ने गरि बेप्से र टाइम फर्मास्युटिकल्स लिमिटेडबीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन सम्झौता सम्पन्न भएको छ ।

टाइम फर्मास्युटिकल्स लिमिटेडले १० करोड ८६ लाख ५० हजार रकम बराबरको १० लाख ८६ हजार ५ सय कित्ता साधारण सेयर बुक विल्डिङ्ग बिधि मार्फत सेयर निष्काशन गर्ने तयारी गरेको छ । उक्त सेयर मध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि सार्वजनिक निष्काशनद्वारा बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त सेयर जारी पश्चात् कम्पनीको चुक्ता पूँजी रु. ५३ करोड हुनेछ ।

टाइम फर्मास्युटिकल्स लिमिटेड कम्पनी विगत ३० वर्ष देखि नवलपरासी जिल्लाको गैंडाकोट न.पा वडा नं ०४ मा केन्द्रिय कार्यलय तथा गैंडाकोट न.पा वडा नं १० मा उत्पादन प्लान्ट (उद्योग) साथै ललितपुर सातदोवाटोमा मार्केटिङ्ग कार्यालय स्थापना गरी करिब ३०० जना कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिई करिब २०० भन्दा बढि गुणस्तरीय औंषधीहरु उत्पादन गरीरहेको WHO-GMP प्रमाणित कम्पनी हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK