×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बग्गीखानाका सेवा बन्द, भिडियोमा हेर्नुहोस् बन्द भएपछी कस्तो देखियो कार्यालय…! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

बग्गीखानाका सेवा बन्द, भिडियोमा हेर्नुहोस् बन्द भएपछी कस्तो देखियो कार्यालय…! (भिडियो रिपोर्ट)

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका छन् । महाशाखामा रहेका दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएका हुन् । महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले ३ सय ७५ जना नै क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।

करिब ४ सय प्रहरी क्वारेन्टाइनमा भएपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा पनि कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ । हेर्नुहोस् भिडियो : 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी