×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘स्थिर सरकारको नयाँ इतिहास रच्न ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्छ’ : उद्योगमन्त्री भट्ट (भिडियो)

LAXMI SUNRISE BANK

‘स्थिर सरकारको नयाँ इतिहास रच्न ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्छ’ : उद्योगमन्त्री भट्ट (भिडियो)

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताउनुभएको छ । स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका बेला भट्टको यस्तो धारणा आएको हो । 
रिपोर्टस क्लबमा भएको कार्यक्रममा मन्त्री भट्टले भन्नुभयो, ‘‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिन । नेपालको इतिहासलाई हामीले के गर्नुपर्छ भने अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ । नयाँ इतिहास बनाउनुपर्छ । त्यो भनेको के हो भने ५ वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।’’

पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको बीचमा सहमति बाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सरकार परिवर्तनको खेल भए देश फेरी अस्थिरतातर्फ जाने उहाँले बताउनुभयो ।
मन्त्री भट्टले पार्टीभित्र अहिले केपी प्रवृतिहरु खेल्न खोजेकोले त्यसलाई परास्त गरेर अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीको एकता महाधिवेशन सहमितमै हुने उल्लेख गर्दै भट्टले नेतृत्व समेत सहमति मै टुंगो लाग्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी