×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणबाट मृत्यु

LAXMI SUNRISE BANK

जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणबाट मृत्यु

१६ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भारतको दिल्ली घर भएका उनी वीरगञ्ज–११ श्रीपुरमा बस्दै आएका थिए। उनको गएराति ११ बजे निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनी मुटुको रोगी थिए साथै कोरोना संक्रमण पुष्टी भएपछि अवस्था झन् गम्भिर भयो। जसका कारण आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार गर्दा पनि बचाउन सकिएन। 
मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी