- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको काठमाडौंमै स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । सोहि क्रममा परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
उनले आफ्नै सामाजिक संजाल फेसबुकमार्फत संक्रमण भएको बताएका छन् । उनले भनेका छन् ‘कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किनेछु ।’ वीरगन्ज महानगरपालिकाको समुदायमा कोरोना संक्रमण फैलिएको चिकित्सकहरुले बताएका छन् । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।