×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको एघार महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ व्यापार घाटा

PRIME CA

चालु आर्थिक वर्षको एघार महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ व्यापार घाटा

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा ३७.७८ प्रतिशतले निर्यात बढेको छ । भन्सार विभागले जारी गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि जेठसम्म एघार महिनाको अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबर निर्यात भएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा ३७.७८ प्रतिशतले बढी हो । 
यस्तै सो अवधिमा आयात पनि २५.६७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा ११ खर्ब ८१ करोड ३४ लाख बराबरको आयात भएको थियो । यस वर्षको सोही अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको वस्तु तथा सेवाको आयात भएको छ ।
विभागका अनुसार एघार महिनाको अवधिमा व्यापार घाटा २४.४१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा १० खर्ब १२ अर्ब ८१ करोड बराबरको व्यापार घाटा भएको थियो भने चालु वर्षमा वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख पुगेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ भने आयातको हिस्सा ९१.९४ प्रतिशत रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: