×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशका ६ जिल्लामा थपिए ३८ संक्रमित, कुन जिल्लामा कति ?

अर्थ सरोकार

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार

PRIME CA

गण्डकी प्रदेशका ६ जिल्लामा थपिए ३८ संक्रमित, कुन जिल्लामा कति ?

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा विहिबार थप ३८ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहिबार बिहान प्रदेशका ६ जिल्लाका थप ३८ जनामा कोरोना देखिएको जनाएको हो ।स्याङजाका ११ जना, बाग्लुङका ६, तनहुँका ३ जना, नवलपरासी पूर्वका एक जना, लमजुङका ३ जना र कास्कीका १४ जनामा संक्रमण पुष्टी भएको हो । 
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म एक हजार २३० जना निको भएर डिस्चार्ज भएका छन् भने प्रदेशमा अहिलेसम्म कुल संक्रमितको संख्या १ हजार ४७९ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: