Skip to content
LAXMI SUNRISE BANK

भाउ बढेपछि बजारमा केराको ‘सर्टेज’, आपूर्ति कम हुँदा कुलेश्वरका अधिकांश ‘सटर’ बन्द ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । बजारमा मागको तुलनामा आपूर्ति कम भएपछि केराको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । सरकारले भारतीय केरा आयातमा रोक लगाएपछि त्यसको असर बजार मूल्यमा परेको हो ।

खुद्रा बजारमा एक दर्जन केराको भाउ ३ सय ५० रुपैयाँसम्म पुगेको उपभोक्ताले बताइरहेका छन् । केरा कम आउन थालेपछि थोकमा केरा बेच्ने कुलेश्वर फलफूल बजारका कतिपय थोक पसल बन्द नै भएका छन् ।

‘स्थानीय उत्पादनले माग नधान्ने रहेछ । केरा नभएर कतिपय पसल बन्द गर्नुपरेको छ ।’, फलफूल व्यवसायी दिलिप राउतले भने, ‘हामी मर्कामा परेका छौँ । खर्च धान्नै गाह्रो भएको छ। भारतबाट केरा आउनैपर्छ ।’

पछिल्लो समय केराको भाउ ह्वात्तै बढेपछि बजारमा केराको सर्टेज देखिन थालेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK