Skip to content
LAXMI SUNRISE BANK

मनोहरा सुकुम्बासी बस्तीमा चल्यो डोजर, सामान निकाल्न सहयोग गर्दै नेपाल प्रहरी (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौँ महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् ।

काठमाडौँ महानगरपालिका-११ थापाथलीस्थित वाग्मती नदी किनारको बस्ती, वडा नं ९ को गैरीगाउँ-सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती शनिबार हटाइएका हुन् ।

त्यस्तैगरी, आज आइतबार पनि मनोहरा सुकुम्बासी बस्तीमा डोजर चलाईएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि सामान निकाल्न सहयोग गरिरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK