×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार पनि दोस्रो बजारमा भएन अजोड इन्स्योरेन्सको सेयर कारोबार

LAXMI SUNRISE BANK

बुधबार पनि दोस्रो बजारमा भएन अजोड इन्स्योरेन्सको सेयर कारोबार

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) पनि अजोड इन्स्योरेन्स कम्पनीकाे शेयर कारोबार नहुने भएकाे छ । हिजाे (मंगलबार) देखि दोस्रो बजारमा शेयर कारोबार हुने गरी सूचिकृत गरिएकाे भएपनि प्रि- ओपनिङ्ग सेसनमा शेयर किनबेच नभए पछि सेयर कारोबार नभएको थियो । 
त्यस्तै, आज (बुधबार) पनि शेयर सूचिकृत भएपश्चात सर्वप्रथम प्रि ओपनिङ्ग सेसनमा कारोबार हुनुपर्ने व्यवस्था अनुसार प्रि-ओपनिङ्ग सेसनमा शेयर खरिदबिक्री नभएकाले कारोबार हुन नसकेकाे हाे । त्यसैले अब भाेलि (बिहीबार) पनि कम्पनीकाे शेयर पुनः प्रि ओपनिङ्ग सेसनमा जानेछ ।
सोमबारको कारोबारमा कम्पनीको १ करोड कित्ता आइपिओ मंगलबारदेखि दोस्रो बजारमा शेयर कारोबार हुने गरी सूचिकृत भएको थियाे । कम्पनीको सेयर कारोबारको लागि न्युनतम ९७ रुपैयाँ र अधिकतम २९१ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको थियो । अजोडलाई नेप्सेले कारोबार संकेत एआइएल दिएको  छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी