×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ८७ हजार ४१२ कित्ता सेयर साउन २१ गतेदेखि लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK

शिखर इन्स्योरेन्सको ८७ हजार ४१२ कित्ता सेयर साउन २१ गतेदेखि लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। शिखर इन्स्योरेन्सको ८७ हजार ४१२.८ कित्ता सर्वसाधारण समूहको सेयर साउन २१ गतेबाट लिलामीमा आउने भएको छ । लगानीकर्ताले यो सेयरमा आवेदन दिनका लागि न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल गर्नुपर्ने छ । यस लिलामी भर्ने अन्तिम मिति साउन २८ गतेसम्म रहेको छ । 
यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट रहेको छ। लगानीकर्ताले एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
ग्रीन डेभलपमेन्ट बैंक हरिशंकर रोड बाग्लुङबाट पनि आवेदन दिन पाइनेछ । हाल यस  कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी