×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टी, कति पुगे संक्रमित ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टी, कति पुगे संक्रमित ?

Artha Sarokar

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाग्लुङ
  • अर्थ सरोकार सम्बाददाता 
बाग्लुङ। गण्डकी प्रदेशमा बुधबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा चार जिल्लाका पाँचजनामा संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३५ पुगेको छ।
बुधबार थपिएका संक्रमितमध्ये बाग्लुङको काठेखोला गाउँपालिकाका २३ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३५ वर्षीय पुरुष र तनहुँको भिमाद नगरपालिकाका ३७ वर्षीय पुरुष रहेको छ भने, म्याग्दीको मालिका गाउँपालिकाका ३४ वर्षीय पुरुष र अन्नपूर्ण गाउँपालिकाका ३५ वर्षीय पुरुष रहेका छन् । उक्त संक्रमितहरुलाई उपचारको लागि आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी