Skip to content
LAXMI SUNRISE BANK

प्रहरी हेडक्वार्टरमा छिर्यो कोरोना, थप २३ जनालाई कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् ।
हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमितहरुलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK