×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ लाख घूससहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी यादवसहित दुई जना पक्राउ

LAXMI SUNRISE BANK

४ लाख घूससहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी यादवसहित दुई जना पक्राउ

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ यादवसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरुलाई ४ लाख घूस रकमसहित पक्राउ गरेको हो । 
विमानस्थल आयोजनाका लागि जग्गा अधिग्रहण गरेपछि मुअब्जा दिलाउन सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सुरेश भुसालले जनाए । पक्राउ पर्ने अर्का व्यक्ति स्थानीय महेन्द्रप्रसाद यादव हुन् । उनलाई मतियारको रुपमा लिइएको छ ।
सेवाग्राहीले मुआब्जा बापत घूस मागेको गुनासो गरेपछि अख्तियारको टोली अनुसन्धानमा खटेको थियो । सिद्धार्थनगर नगरपालिका-५ स्थित सेन्चुरी बैंकबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका सूचना अधिकारी भुसालले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी