काठमाडौँ । मिति २०८३ साल बैसाख २८ गते । ज्योति प्रकाश पाण्डेले आफूले बैंक छाडेको खबर आफ्ना केहि संचालकहरुलाई गराए । स्मार्ट टेलिकम प्रकरणमा राज्यको सम्पत्ति नै बेचिदिएको प्रकरणमा आफू कुनै पनि बेला पक्राउ पर्न सक्ने संकेत पाएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तत्कालीन सिइओ ज्योति प्रकाश पाण्डे कार्यालय आउन छाडिसकेका थिए । फोन पनि केहीको मात्र रेस्पोन्स गरिरहेका थिए ।
पाण्डेले संचालकलाई भने, संचालकले मिडियालाई भनिदिए गर्दा गर्दै पाण्डेले बैंक छाडेको खबर एक कान दुई कान हुँदै मैदान पुग्यो । बैंकबाट सुटुक्क राजिनामा दिएर भाग्ने, र नेपाल छोडिसकेपछि यता राजिनामा स्वीकृत गर्ने बैंकको भित्री गोप्य तयारी उनले बैंक छाडेको खबर सार्वजनिक भएसँगै चकनाचुर भइसकेको थियो । त्यसपछि पाण्डेकै योजनामा बैंकले पाण्डेले बैंक छाडेका छैनन् भन्ने विज्ञप्ति जारी गरियो, र पाण्डेले देशै छाडेर भाग्ने प्लान बनाएका थिए । सोही प्लान अनुसार उनी पैदलमार्ग हुँदै काठमाडौँ छाडिसकेका थिए । लोकेसन ट्रयाक हुने डरले काठमाडौँमै फोन अफ गरेर उनी गाडीमार्फत भाग्दै थिए । तर प्रहरीमा उनी फोन अफ गरेर सिन्धुलीको बाटो हुँदै भागिरहेको खबर पुग्यो र उनी सिन्धुलीको बसपार्कबाट समातिए । राती ८ बजे उनी बसपार्क पुगेको खबर पाएको प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौँ ल्यायो । उनी अहिले सीआईबीको हिरासतमै छन् ।
झट्ट सुन्दा एउटा फिल्मको कहानीजस्तो, भिलेन भागेर देश छोड्दै गर्दा हिरो प्रहरीले पक्राउ गरेजस्तो । फिल्ममा एउटा भिलेनले अपराध गरिसकेपछि गर्न सम्मको हर्कत गरेर, केही सीप नलागेर भागेको जस्तो, यसपाली यस्तै देखियो, ज्योतिप्रकाश पाण्डेको हकमा पनि । यस्तै देखियो, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि । हुन पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हदैसम्मको वित्तिय अपराध गरेको थियो । सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेल नियोजित रुपमा बिचौलियाले चाहेकै कम्पनीलाई सेटीङ्गमा कागज मिलाएर बेचेर बदमासी गरेको थियो । यस सम्बन्धी तथ्य हामीले यसअघिका सृंखलाहरुमा प्रस्तुत गरिसकेका छौँ । अव केस प्रहरीसम्म पुगेको छ, आशा गरौँ, दूधको दूध पानीको पानी छुट्टिनेछ, देशको सम्पत्ति बेचेर खानेहरु जाकिने दिने आउने छ । र जनताको अरवौं रुपैयाँ चलाएर बदमासी गर्न पल्केको बैंकलाई अव राष्ट्र बैंकले समेत पाता कस्नेछ ।
यो प्रकरणमा चुरोको कुरो के हो त्यो फेरी दोहोर्याउँ, अनि थप प्रसङ्गमा जाउँला ।
स्मार्ट सेलले सरकारलाई बुझाउनुपर्ने अरवौं राजश्व तिर्न नसकेपछि कम्पनीलाई सरकारले सकारेको थियो । अर्थात सो कम्पनी सरकारको भइसकेको थियो । सरकारले उठाउनुपर्ने राजश्व ३० अर्व हाराहारी थियो । तर यहि बेला सो कम्पनीको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लिलामी गरिदियो । कम्पनी नै सरकारको भएपछि त्यसको सम्पत्ति र दायित्व दुबैमा सरकारी हक र दायित्व हुन्थ्यो । तर आफ्नो ऋण उठाउने बहानामा बैंकले सम्पत्ति लिलाम गैरिदियो । लिलाम मात्र गरिदिएको होइन, जसले किन्न चाहेको थियो, उसैलाई सेटीङ्गमा सो सम्पत्ति बेचिदियो । र यहि प्रकरणमा अहिले प्रहारीले स्मार्ट टेलिकममा तत्कालीन प्रमुख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सीइओलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
यो प्रकरण त सतहमा आएको प्रकरण भयो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा बैंकिङको आवरणमा हुने अनेक अपराधका फेहरिस्त लामै छन् । बैंकमा पियनले कोर बैंकिङ सिष्टम चलाउने र ग्राहकको पैसा चोर्ने गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । बैंकका कर्मचारीले ग्राहकको करोडौं पैसा चोरेको अन्य थुप्रै काण्डहरु पनि सार्वजनिक भईसकेका छन् । पटक पटक बदमासी गरेपछि राष्ट्र बैंकले बैंकलाई कारवाही त गरेको छ, तर कारवाहीको रकम निकै सानो भएकाले बैंकले बदमासी गर्न भने छाडेको थिएन, छैन । नेपाली बैंकिङको पछिल्लो दशकमा सबै भन्दा बढी विवादित बाणिज्य बैंकको रुपमा कुख्याती कमाएको यो बैंकले गरेका अनेक बदमासीका आधा दर्जन बढी फाइलहरु अहिले अदालतमा छन् । केही प्रहरीको अनुसन्धानमा छन्, केही प्रमाणित अपराधआमा बैंकरहरु सजाय भोगिरहेका छन् । सबैजसो बैंकले ऋण लिन कोहि आएनन भनिरहेका बेला अरुको ऋण तिर्न र आफ्नै ऋण सकार्न दिन नै नमिल्नेहरुलाई पनि थप ऋण दिएर बदमासी गरेका केस त कति हो कति । तर, यति हुँदा पनि बैंक चलि नै रहेको छ ।
कर्णाली बिकास बैंक डुब्दा पनि, डुब्नु केही महिना अघिसम्म पनि अडिटरले सब ठिक छ भनेर लेखेकै थिए, राष्ट्र बैंकको इन्सपेक्सनले पनि डुब्ने स्थिति छैन भनेर लेखेकै थियो । बाहिर सब ठिक छ भनेर चर्चा हुन्थ्यो । तर अति भएपछि राष्ट्र बैंकले कर्णालीलाई टेकओभर नगरिरहन सकेन । राष्ट्र बैंककै कर्मचारी बैंकको हिसाब सब ठिक छ भनेर लेख्न घुस लिएको आरोपमा समातिए । कतै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि त्यस्तै अवस्थामा त छैन ? यो विषयमा राष्ट्र बैंक अलि बढी केन्द्रित हुनुपर्ने देखिएको छ ।
बैंकले गर्नुपर्ने जम्मा दुई काम हो, एउटा निक्षेप सुरक्षित राख्ने, त्यसको ब्याज दिने, अर्को ऋण दिएर ब्याज कमाउने । खर्च कटाएर नाफा गरेर त्यसको हिस्सा सेयरधनीलाई दिने । तर, पैसा राख्ने मामलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सुरक्षित छैन, ग्राहकको पैसा जुनसुकै बेला चोरिन सक्छ भन्ने तथ्य प्रमाणित भइसकेको छ । दिईएका ऋण धेरैमा समस्या छ, ढिलो चाँडो यो ’ब्रष्ट’ हुन्छ र बैंक अफ्ट्यारोमा पर्न सक्छ भन्ने तत्थ्य ओपन सेक्रेटजस्तै छ । अनि यस्तो अवस्थामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चलिरहनु ठिक हो ? बहस चुलिएको छ । हुँदा हुँदा सरकारी सम्पत्ति नै लिलाम गरेर एउटा बैंकले सरकारलाई नै ठगेको छ । यो विषयमा सरकार र राष्ट्र बैंक अव अलि बढी निर्मम हुनुपर्ने होइन र ? बहस, उठेको छ, चुरोमा नपुगी नटुङ्गियोस् ।
पछिल्लो स्मार्ट टेलिकम प्रकरणमा पनि पाण्डे मात्र हुन् कि सहि गर्ने अरु पनि छन् ? को को संचालक, को को हाकीम अरु यसमा संलग्न छन्, यो सबै कुराको छानविन हुनैपर्छ । किनकि राज्यको सम्पत्तिमा आँखा लगाउनेहरु, जनताले राखेको पैसा चोरेर पचाउन खोज्नेहरु, र विश्वासमा चलेको संस्थामा बसेर विश्वासमाथि घात गर्नेहरु यो देशकै लागि दुश्मन हुन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिइओ पक्राउ प्रकरणको नालीबेली अर्थ सरोकार डटकममा समेत हेर्न सकिन्छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्