काठमाडौँ । जेनु थापा । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा गज्जबको पावर एक्सरसाइज । गजबको जागिर, गज्जबकै तलब । बैंकको स्थिति बिजोग भए पनि बैंककि एजीएम जेनु थापाको बैंकभित्रको शान बेग्लै थियो । झट्ट हेर्दा फुर्तिलो शरीर, चिटिक्कको चेहेरा, कडी कडाउ व्यवहार । चाहेर नचाहेर जेनुको खुब चर्चा चल्थ्यो, एनआईएमबिमा ।
जेनुको फुर्तिफार्ती अलि बढी नै हुनुको कारण उनीसँग भएको अथाह धन पनि थियो । ललितपुरमा ३-३ वटा घर, परिवारको नाममा करोडौँ बैंक ब्यालेन्स । कुरा सुन्दा कुनै मन्त्रीको भन्दा कम हुँदैनथ्यो उनको । उनका सहकर्मीहरुको दाबी छ, उनको कुरा यतिसम्म ठुलो हुन्थ्यो कि कहिले सरकार ढाल्दिने हो, कहिले बैंकमा फलानोलाई निकालेर फलानोलाई ल्याउने हो, यस्तै यस्तै ।
आखिर जेनुलाई यतिसम्म फुर्तिफार्ती कहाँ बाट आएको रहेछ त ? जव उनको यो पोल खुल्यो, तव सबै झसङ्ग भए । खाईपाई आएको जागिर गयो, अनुसन्धानमा नाम तानियो, अव केके हुने हो त्योसमेत थाहा छैन ।
हो । अहिले जेलमै रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व एमडी प्रदिप अधिकारीसँगको शंकास्पद कारोबारमा मुछिएपछि जेनु थापाले बैंक छोडेकी हुन् । उनको फोन नम्बरमा फोन गर्दा फोनको रिङ्ग गयो तर उठेन । तर उनी निकटहरु भन्छन्, उनी विदेश हिंडीसकिन् । बैंकले पनि उनले बैंक छाडेको पुष्टि गरेको छ ।
प्रहरीले अहिले उनीमाथि थप अनुसन्धान गरिरहेको छ । विवरण यतिसम्म भेटिएका छन् कि उनको र प्रदीप अधिकारीसँग निरन्तर लेनदेन देखिएको छ । करोडौँ रुपैयाँ स्रोत नखुलेको रकम बैंक खातामा डिपोजिट भएको देखिएको छ भने जेनु थापालाई लाखौँ रुपैयाँ सुटकेसमा राखेर क्यास दिएको पनि अनुसन्धानबाट खुलेको छ । प्रदीप अधिकारीकी श्रीमती र जेनु थापा निकै नजिकका साथी हुन् । यही मित्रताका कारण प्रदीप अधिकारीले थापामार्फत नै घुसको रकम सेटल गरेको हुनसक्ने कोणबाट प्रहारीले थप अनुसन्धान गरिरहेको छ ।
थापा अनुसन्धानमा तानिएपछि बैंकभित्र हल्लीचल्ली चलेको थियो । त्यसपछि उनी कुनै पनि बेला पक्राउ पर्ने डरले बैंक छाडेर हिँडेकी हुन् । अहिले विदेशमा रहेको भन्ने चर्चा भए पनि उनी कहाँ छिन् भन्ने विषय यकिन छैन ।
अव प्रश्न उठ्छ, यो देशमा हुने नहुने काण्ड सबै यही एनआईएमबि बैंकमा नै किन घट्छ । बैंकका सिइओ सरकारी सम्पत्ति बेचेको आरोपमा हिजै मात्र पक्राउ परेका छन् । बैंकका डेपुटी सिइओ कष्टमरलाई दुर्व्यवहार गरेको प्रकरणमा विवादित छन् । बैंकका ग्राहकको रकम चोरिएका घटना अव नौला नै रहेनन् । आधा दर्जन हाराहारी यस्ता केसहरु कोहि प्रहरीले अनुसन्धान गरिरहेको छ, कोहि कर्मचारी पक्राउ परेका छन्, कोहि जेलमा छन् । बैंकका अध्यक्ष छायाँ सेन्टर कम्प्लेक्स विवादमा छन्, संचालकहरु नक्कली सर्टिफिकेट काण्ड देखि अनेक काण्डमा छन् । ठाउँ ठाउँका शाखामा दर्जनौँ घोटालाका केस छन् । बैंकमाथि राष्ट्र बैंकले कारवाहीसमेत गरेको थियो, तर कारवाहीको जरिवाना रकम कम भएपछि बैंक सुध्रिने छाँट देखिएको छैन ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक यति छाडा पाराले चलिरहेको छ कि, बैंकका सिइओ फोन अफ गरेर भाग्दै गर्दा बैंक उहाँ अफिसकै काममा हुनुहुन्छ भनेर झुटो बिज्ञप्ति जारी गर्छ, बैंकका हाकिमले थर्काएपछि कोहि कर्मचारी हर्टअट्याक भएर अस्पताल पुगेका छन्, कोहि कर्मचारीले नदीमै हाम फालेर ज्यान फालेका छन् । बैंकका अरु बैंकका हाकिम कोहि अर्को विकास बैंकमा सिइओ हुन लागि परेका छन्, कोहि बैंक छाड्ने हो भनेर अन्त जागिर खोजिरहेका छन् । जनताको करोडौँ रुपैयाँ डिपोजिट भएको यो बैंकलाई यसरी चलिरहन दिन सरकार वा नियामक निकाय नेपाल राष्ट्र बैंकले मिल्छ ? अव सोच्ने मात्र होइन, गम्भीर भएर सोच्न जरुरी भइसकेको छ ।
एउटा होइन, दुईटा होइन, महिनैपिच्छे, हप्तै पिच्छे, अझ आजकल त दिनैपिच्छे यस्ता अनेक काण्डहरु किन यही बैंकको मात्र आईरहन्छ ? अलि गम्भीर हुने कि ! (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्