Skip to content
LAXMI SUNRISE BANK

करेन्ट खानेहरु दिनुहोस् ध्यान, चाउचाउ खाएकै कारण जानसक्छ तपाईंको ज्यान ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

काठमाडौँ । डाक्टरहरुले खुलेरै भन्ने गरेका छन्, संसारमा सबैभन्दा पत्रु, खतरनाक र शरिरलाई हानी गर्ने १० खत्तम खाने कुराहरुमध्ये एक पर्छ चाउचाउ । डाक्टरको यो बोलीले पनि नचेतेका तपाईं हामी अव पनि चेतेनौँ भने नचेत्नेको ज्यान खतरामा छ । किनकि करेण्ट नामक यो चाउचाउले चाउचाउको आवरणमा मन्द विष बेचिरहेको छ । कहिले प्याकेटभित्र किरैकिरा भेटिएको, कहिले उत्पादन मिति नै मेटिएको । यस्ता विवाद र बदमासी त देखिएकै थियो करेन्ट चाउचाउ वाला मालपानी कम्पनीको । अव त हुँदाहुँदै देखादेख चाउचाउका नाममा मन्द जहर बेच्न थालिएको छ । हो, तपाईंले पिरो, मिठो, स्वादिलो चाउचाउ करेण्ट खान अयोग्य भएको प्रमाणित भएको छ । र यो प्रमाणित अरुले होइन, सरकारी निकायले गरेको हो ।

करेण्ट चाउचाउ खान योग्य छैन भन्ने विषयमा अव कुनै शंका रहेन । तर, यसपाली करेण्ट चाउचाउ गुणस्तरहीन छ भन्ने तथ्य मात्र उजागर भएको छैन, यो चाउचाउ वाला कम्पनीले वर्षौँदेखि कसरी नेपालीहरुको ज्यानमाथि धावा बोलेको रहेछ, कसरी चाउचाउ भनेर नेपालीलाई मन्द विष खुवाएर नेपालीहरुलाई रोगी बनाईरहेको रहेछ भन्ने पनि प्रमाणित भएको छ । त्यतिमात्र होइन, करेण्ट चाउचाउ खाने बानी छ भने भोलि होइन, आजै, आज होइन अहिल्यै छाडिएन भने तपाईंको भेट अलि छिटो यमराज दाजुसँग हुने कुरामा अव कुनै शंका रहेन ।

करेण्ट चाउचाउ यसपटक मात्र गुणस्तरहीन प्रमाणित भएको होइन, यसअघि पनि चाउचाउमा किरै किरा भेटिएको तथ्य बाहिर आएको थियो । तर करेण्ट चाउचाउका नाममा किरा खान बाध्यहरुले पोल खोलिदेलान् भनेर करेण्ट वाला कम्पनीले यो केसलाई सकेसम्म लुकाउन खोज्यो । तर यसपाली माकुरी जालमा पर्यो, करेण्ट खान लायक चाउचाउ होइन भन्ने प्रमाणित भयो । करेन्टसँगै लाली चाउचाउ पनि अखाद्य छ, भन्ने प्रमाणित भयो । तपाईंलाई थाहा छैन भने सम्झनु है, बजारमा अखाद्य भनिएका दुई चाउचाउ करेन्ट र लाली उही कम्पनीका प्रोडक्ट हुन् । अर्थात यशोधा फुड्स नामक नेपालीको ज्यानमाथि सम्झौता गर्ने फटाहा कम्पनीले उत्पादन गरेका चाउचाउ हुन् ।

अझ यो करेन्ट र लाली चाउचाउ गुणस्तरहीन प्रमाणित भएको तथ्य भित्र तपाईं हामीले बुझ्नुपर्ने अर्को सत्य पनि छ । अव करेण्ट चाउचाउको बचाउ गर्ने वालाहरु केही दिनमा भन्न थाल्नेछन्- ‘यो चाउचाउको एउटा ब्याच मात्र गुणस्तरहीन प्रमाणित भएको हो, त्यही चाउचाउ बजारबाट फिर्ता गर्न भनिएको हो, बजारमा अरु भएको चाउचाउ त्यस्तो होइन ।’ तर नझुक्किनुहोला, सत्य के हो भने सरकारले जुन स्याम्पल लिएर गुणस्तर परीक्षण गरेको थियो, त्यही चाउचाउ गुणस्तरहीन प्रमाणित भएको हो । अर्थात, कम्पनीले अरु चाउचाउ ठिक छ भन्न सक्छ, तर त्यो परीक्षण गर्ने हो भने त्यो पनि गुणस्तरहीन प्रमाणित हुन सक्छ । अव सरकारले नेपालभर भएका सबै स्याम्पल चेक गर्ने कुरा पनि भएन । तर जुन स्याम्पल चेक गरिएको छ त्यो करेण्ट चाउचाउ र लाली चाउचाउ अखाद्य प्रमाणित भएको छ । अर्थात, तपाईंलाई अलिकति पनि ज्यानको माया छ भने तपाईंले यो करेण्ट चाउचाउ खान आजैबाट छोडेको राम्रो ।

करेन्ट चाउचाउ पछिल्लो समय पिरो मन पर्ने जेनजीहरुले बढी खाँदै आएका थिए । तर, तथ्य यस्तो भेटिएको छ कि अव पनि करेन्ट चाउचाउ खाईरहने हो भने, अर्को आन्दोलन नै नभई थुप्रै जेनजीहरुको ज्यान जाने स्थिति आउन सक्छ । सरकारको गोलीले होइन, चाउचाउका त्यान्द्राले आन्द्रामा असर गरेर तपाईंको ज्यानै जान सक्छ । ज्यानै जान समय लागेपनि तपाईंलाई यो करेण्ट चाउचाउले अस्वस्थ बनाउने कुरामा कुनै शंका छैन । भएको एउटा जिन्दगी छ, त्यही पनि एउटा जाबो चाउचाउले बिगार्यो भनेर बिलौना गर्ने दिनलाई किन निम्तो गर्नु ? सरकारले खान हुँदैन है भनेर प्रमाणित गरिसक्यो, त्यो चाउचाउ नखाँदैमा मरिने पनि होइन, बरु खाँदा के हो के हो ? त्यसैले बेलैमा करेण्ट चाउचाउलाई सदा सदाका लागि बाईबाई भन्न सके तपाईंको स्वास्थ अरुले हाईहाई भन्ने स्थितिमा पुग्न सक्छ । होइन, पिरो हुन्छ, मिठो हुन्छ, आइ लभ करेण्ट चाउचाउ भन्न थाल्नु भयो भने तपाईंलाई अस्पतालले पनि आउ, आज सँगै बसौं भनेर बोलाउन सक्छ, औसधिले आई लभ यु भनिरहन सक्छ । त्यसैले अव जानीजानी मन्द विष खाने कि, करेण्ट चाउचाउ चटक्कै छाड्ने इक्षा तपाईंको ।

छोराले चुरोट नखाओस् भन्ने चाहाना प्राय बाउआमाको हुन्छ, किनकी चुरोटले ज्यानलाई हानी गर्छ भन्ने थाहा छ । रक्सी नखाईदिए हुन्थ्यो छोराछोरीले भन्ने चाहानापछि पनि छोराछोरीको ज्यानको माया लुकेको हुन्छ । अव छोराछोरीको शरीर भित्र मन्द विष पर्न थालेको छ भन्ने जान्दाजान्दै कुन बा आमाले त्यो सहन सक्लान् र ? र करेण्ट चाउचाउ त्यस्तै खराब खाने कुरा हो, जसले तपाईंको छोराछोरीहरुलाई कमजोर बनाउँदैछ भन्ने थाहा छ तपाईंलाई भने आजै यो चाउचाउ किन नछोड्ने, किन छाड्न नलगाउने ? पैसा तिरेर पिरो खानु, त्यो पनि रोगलाई निम्तो दिनु, अहिले ५० रुपैयाँको चाउचाउ खाएर जानी जानी ५० हजारको उपचारका लागि किन निम्ता गर्नु ? त्यसैले कुरो क्लियर छ, करेण्ट चाउचाउ नखाएकै राम्रो ।

यो चाउचाउका नाममा अखाद्य बस्तु बेच्ने कम्पनी र तिनका साहु पनि यस अघिसमेत पटक पटक अनेक विवादमा तानिएका छन् । करेण्टको ट्रेडमार्क विवाद अझै पूर्णरुपमा सल्टिएको छैन । चाउचाउमा किरा नै किरा भेटिएको भिडियो अझै पूरानो भएको छैन । करेण्ट मात्र होइन, उसले उत्पादन गरेको लाली चाउचाउ पनि गुणस्तरहीन प्रमाणित भएको छ । यशोदा फुड्सका मालिकको गुठखा बनाउने कम्पनी पनि छ । तर चाउचाउलाई गुठ्खा भन्दा हानीकारक बनाएर बेचिरहेको यशोधा फुड्सको बदमासी यसपटक उजागर भएपछि शक्ति र पैसाको ध्वाँस देखाएर बर्षौंदेखि उसले गरिरहेको मनपरी सतहमा आएको छ । अव त यशोधा फुड्सका मालिक मात्र विवादित होइनन्, कम्पनीको प्रोडक्ट नै पत्रु छ भन्ने प्रमाणित भएको छ ।                                            

रुपन्देहीको तिलोत्तमास्थित यशोधा फुड्स प्रालिद्धारा उत्पादित करेन्ट चाउचाउमा तोकिएबमोजिम एक्सट्राक्टेड फ्याट एसिड भ्यालु नपाइएको भन्दै चेक गरिएका ब्याचको सबै चाउचाउ बजारबाट फिर्ता ल्याउन निर्देशन दिईएको छ । तर त्यो ब्याच बाहेक अरु चाउचाउ खान योग्य छ भन्ने अर्थ यसको हुँदैन भन्ने कुरा उपभोक्ताले नै बुझ्नुपर्छ, किनकि करेण्ट चाउचाउ अन्त पनि गुणस्तरहीन छन्, कतिमा किरै किरा भेटिएको छ, र त्यसलाई सरकारले परिक्षण गरेको छैन । 

सरकारले खान हुँदैन है भनेका कारण व्यापारीहरुले पनि अव करेण्ट सकेसम्म बेच्न नपरे हुन्थ्यो भनिरहेका छन् । अखाद्य प्रमाणित भइसकेको करेण्ट चाउचाउ अव खान हुँदैन भनेर यो चाउचाउ बहिष्कार गर्ने अभियान धेरै ठाउँमा चल्न थालेको छ । धेरै स्कुलहरुले त केटाकेटीका अभिभावकलाई बच्चालाई झुक्केर पनि करेण्ट चाउचाउ खान नदिनु भनिरहेका छन् । कलेजका क्याण्टीनहरुमा करेण्ट चाउचाउ नराख्न उर्दी जारी भईसकेका छन् । यही बेला स्टक चाउचाउ बिकाउन पसलेहरुले एउटा ब्याच मात्र हो गुणस्तरहीन प्रमाणित भएको, अरु खान मिल्छ भनेर झुट बोलिरहेका छन् । ५० रुपैयाँका लागि यस्तो मनपरी गर्नेसँग जोगिनुहोला, सकेसम्म करेण्ट चाउचाउ नखाएको राम्रो ।

करेण्ट चाउचाउ अखाध्य भएको प्रमाणित हुँदा पनि, ह्या जे सुकै होस् खाने हो भन्नुहुन्छ भने त्यो तपाईंको इक्षा हो । तपाईं बिरामी परे अरुको खर्च हुने होइन क्यार, करेण्ट चाउचाउ खाएर तपाईंको ज्यानमा तलमाथि केही भयो भने कम्पनीका मालिकलाई जुठो लाग्दैन क्यार । थाहा नपाउँदासम्म त ठिकै हो, थाहा नै पाईसकेपछि फेरी पनि पिरो चाउचाउका नाममा करेण्ट खाईराख्नु भने मुर्खता बाहेक अरु केही हुनैसक्दैन । सरकारले नै से नो टु करेण्ट चाउचाउ भन्ने सन्देश दिन खोजिरहेका बेला तपाईं हामीले यो करेन्ट चाउचाउ खाईरहनु काललाई निम्त्याउनु सरह हो । तपाईंले करेण्ट चाउचाउ खानु भनेको, भोलि तपाईं रुने दिन आउनु र तपाईंलाई हेर्दै काल यसका दिन आए भनेर मुस्कुराउनुजस्तै हो । बाँकी तपाईंको इक्षा । (भिडियो ब्रिफिङ)

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK