×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर धमाधम थपिँदैछन् कोरोनाका नयाँ बिरामी, यस्तो छ पछिल्लो अवस्था ! (विवरणसहित)

LAXMI SUNRISE BANK

विश्वभर धमाधम थपिँदैछन् कोरोनाका नयाँ बिरामी, यस्तो छ पछिल्लो अवस्था ! (विवरणसहित)

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विश्वभर एक करोड ६४ लाख ३२ हजार बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आज (सोमबार) सम्म विश्वमा ६४ लाख ३२ हजार ११० व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो । 
यस्तै कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ५२ हजार ४३७ व्यक्तिको मृत्यु भएको छ ।सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
चीन शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८३९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।अमेरिकामा एक लाख ४९ हजार ८४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३४ हजार २५६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९०६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ८ हजार ५९६ जनाको मृत्यु भएको छ । युरोपमा २७ लाख ८४ण् हजार ८४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार ५३२ को मृत्यु भएको छ । एसिया ३९ लाख ५ हजार ४३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ५० हजार ६२८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार ८०८ जनाको मृत्यु भएको छ । ओसियानामा १६ हजार ६६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८३ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी