×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा सामान्य करेक्सन, २.६२ अंकले घट्यो बजार

LAXMI SUNRISE BANK

सेयर बजारमा सामान्य करेक्सन, २.६२ अंकले घट्यो बजार

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार २.६२ अंकले घटेर १४६२.४८ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८७ कम्पनीको ४२ लाख ५७ हजार १६१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८१ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १७ करोड ४४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र नबिल बैंकको भएको छ ।
यता, सोमबारको कारोबार विकास बैंक, म्यानुफक्चार एण्ड प्रोडक्सन,अन्य र माइक्रोफाइनान्स उपसुचकहरु बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जोशी हाइड्रोपावर र एनआईसी एशिया लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र ओरेन्टेल होटल लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी