काठमाडौँ । धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरुले बैशाखमा ४२ करोड रुपैयाँ बढी कमाएका छन् । २०८३ बैशाखको पछिल्लो प्रतिवेदन अनुसार ९१ वटा ब्रोकर कम्पनीले कुल ४२ करोड १० लाख रुपैयाँ खुद कमिसन कमाएका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैशाखमा सबैभन्दा धेरै खुद कमिसन नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले कमाएको छ । नासाले बैशाखमा मात्र कुल ३ करोड ९३ लाख ९२ हजार ७ सय ४० रुपैयाँ खुद कमिसन कमाएको छ ।
बैशाखमा सबैभन्दा धेरै कमाउने ब्रोकर कम्पनीहरुको सूचीको दोस्रो स्थानमा सानी सेक्युरिटिज (ब्रोकर नम्बर ४२) छ । यो कम्पनीले बैशाख महिनामा मात्र कुल १ करोड ९० लाख ३९ हजार रुपैयाँ खुद कमिसन कमाएको छ ।
त्यस्तै, तेस्रोमा इम्पेरियल सेक्युरिटिज (ब्रोकर नम्बर ४५), चौथोमा भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) र पाचौँ नम्बरमा अनलाइन सेक्युरिटिज (ब्रोकर नम्बर ४९) छन् । त्यस्तै, बैशाख महिनाामा सबैभन्दा कम खुद कमिसन मनी वर्ल्ड सेयर एक्सचेञ्ज (ब्रोकर नम्बर ७३) को छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्