काठमाडौँ । सरकारी सम्पत्ति लिलाम गरेको प्रकरणमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे काममा फर्किएका छन् ।
सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गरेर सरकारी हक टुटाउने कार्य गरेको आरोपमा पाण्डे बैशाख २९ गते सिन्धुलीबाट पक्राउ परेका थिए ।
तर, गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै उनकी श्रीमती निरु दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । सोही आदेशपछि उनी जेठ १ गते हाजिरी जमानीमा रिहा भएका थिए ।
तर, देश छोडेर बाहिर जानुपरेमा उनले एक वरिष्ठ अधिवक्ताको रोहबरमा अदालतको अनुमति लिनुपर्नेछ ।
यहीबीच उनी मंगलबार (जेठ ६) गतेदेखि नियमित काममा फर्किएका छन् । पक्राउ परेपछि बैंकको सिइओ पदबाट स्वतः निलम्बनमा परेपछि बैंकले सिनियर डेपुटी सिइओ महेश शर्मा ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको थियो । तर, पाण्डे पुनः काममा फर्किएका छन् ।
हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीसहित स्मार्ट टेलिकम प्रकरणको अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान चलिरहेकै बेला उनी काममा फर्किएपछि उनको संलग्नताबारे प्रमाण नष्ट हुने जोखिम रहेको जानकारहरु बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्