×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार २२.४० अंकले बढ्यो बजार, १ अर्व ९४ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइतबार २२.४० अंकले बढ्यो बजार, १ अर्व ९४ करोडमाथिको कारोबार

Artha Sarokar

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार २२.४० अंकले बढेर १४६५.१० बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९० कम्पनीको ४५ लाख ६०३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ११ करोड ३२ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बिमा कम्पनी र एनआईसी एशिया बैंकको भएको छ ।
यता बिहिबार कारोबारमा होटल्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसुचकहरु घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै मिर्मिरे माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सी होटल्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै बेष्ट फाइनान्स र नेसनल हाइड्रोपावर कम्पनीलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी