Skip to content
LAXMI SUNRISE BANK

अब गायक सुगम पोखरेलको आवाज कामना सेवाको आवाज

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । कामना सेवा विकास बैंक र नेपालको साङ्गितिक क्षेत्रका प्रख्यात पप गायक सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता भएको छ । यो सम्झौता पश्चात बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिएकाेमा गायक पोखरेलप्रति हार्दिक आभार प्रकट गरेका थिए । यस्तै गायक पोखरेलले आफूलाई यो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट बैंकको ख्याती एवं श्रीवृद्धिमा जस्तो सुकै सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK