×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी हेडक्वार्टरका चार जनामा कोरोना संक्रमण पुष्टी, थप परीक्षणको लागि टेकु अस्पताल पठाइयो

LAXMI SUNRISE BANK

प्रहरी हेडक्वार्टरका चार जनामा कोरोना संक्रमण पुष्टी, थप परीक्षणको लागि टेकु अस्पताल पठाइयो

११ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको छ ।
तर, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले भने, ‘चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको थियो । त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको खबर आएको छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी