
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंक लिमिटेडले २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले उक्त युनिट साउन १९ गतेबाट खुल्ला गर्ने भएको हो । बैंकले ८ वर्ष अवधिको ‘१०% प्रभु बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले ८ लाख युनिट सर्वसाधारणका लागि, सामूहिक लगानीका लागि ४० हजार इकाई छुट्याएको छ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बिक्री गर्ने जनाएको छ ।
बैंकले जारी गर्ने ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाइ नियुक्त गरिएको छ । बैंकको ऋणपत्रमा छिटोमा साउन २३ गते सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा बिक्री नभएमा भने भदौ १ गतेसम्म भर्न सकिनेछ ।
सो ऋणपत्रलाई रेटिङ एजेन्सी केएर नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । ऋणपत्रमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्