
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्विटजरल्याण्ड सरकारले नेपाललाई कोरोना संक्रमण परीक्षण गर्न थप ४० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेको छ । जसमध्ये २० हजार थान किट शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नेपालस्थित स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले हस्तान्तरण गरेकी छन् । बाँकी २० हजार थान अगस्ट महिनामा नेपाल आइपुग्ने स्विस दूतावासले जनाएको छ ।
नेपालस्थित स्विस दूतावासका अनुसार स्वीस सरकार विकास सहयोग (एसडीसी) मार्फत स्विस सरकारले नेपाललाई ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ । कोभिड १९ को राहत र पुनर्स्थापनाको लागि एसडीसीले विराटनगरको कोशी कोभिड अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टम स्थापना गरेका छ । त्यस्तै उदयपुरको आइसोलेसन निर्माणको अनुमानित ३ करोड २० लाख रुपैयाँको करिब आधा १ करोड ५० लाख पनि सहयोग गरेको स्विस दूतावासले जनाएको छ ।
‘पहिलो लटको ४० हजार मध्येको पीसीआर टेस्ट किट्सले नेपाललाई देशमा अहिले बढिरहेको पीसीआर टेस्टिङको मागलाई पूरा गर्ने दिशामा सहयोग गर्नेछ’ नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले भनेकी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्