Skip to content
LAXMI SUNRISE BANK

वीरगञ्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा.उदयनारायण सिंहले जानकारी दिए । डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । 
केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK